add

अपि पावर कम्पनीको शेयर भोलिदेखि खुल्दै, यी ठाउँबाट दिन सकिन्छ आवेदन






ActPro Nepal

|

१९ जेठ, २०७८

|
679

काठमाडौं । बिहीबारदेखि अपि पावर कम्पनीले हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ ।  कम्पनीले २९.३८ प्रतिशत हकप्रद शेयरको बिक्री खुला गर्ने भएको हो । 

कम्पनीले १ सय रुपैयाँ अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर प्रयोजनको लागि गत वैशाख २९ गते बुक क्लोज गरिसकेको कम्पनीले सो आधारमा वैशाख २९ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् । 

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको उक्त हकप्रद शेयरमा आवेदकले असार ९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

उक्त हकप्रदमा अपि पावर कम्पनी ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु इटहरी,पोखरा, नारायणगढ, सुर्खेत,नेपालगञ्ज, धनगढी र जनकपुरबाट आवेदन दिन सकिने कम्पनीलले बताएको छ ।

मेरो शेयरबाट हकप्रदका लागि आवेदन दिन सकिने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.