काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९४ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८८ रुपैयाँ ६९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ६५ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ८२ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ २० पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।