add

शेयर बजारमा फेरि नयाँ कीर्तिमान, १७ अर्ब २ करोड बराबरको कारोबार






ActPro Nepal

|

१६ जेठ, २०७८

|
1262

काठमाडौं। पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

साताको कारोबारको पहिलोदिन एकैदिन सर्वाधिक कारोबार, सार्वाधिक कित्ता शेयर किनबेचको रेकर्ड बनाएको हो । नेप्से १२.५४ अकले बढेर २८२७.९३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१९ कम्पनीको १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४४ रुपैयाँ बराबरको ४ करोड २६ लाख ३६ हजार ३८४ कित्ता शेयर किनबेच भएका छन् ।

यो कारोबार हालसम्मकै उच्च हो । यसअघि नेप्सेमा २०७७ जेठ १३ गते १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।

आज नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ४७ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अरुण काबेली ४६ करोड र युनाइटेड मोदी हाइड्रोपावर ४१ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज १५ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । ज्योति विकास बैंकका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

नेप्सेका अनुसार आज १८ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । त्यस्तै, आज बरुण हाइड्रोपावर कम्पनी र हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.