काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ का लागि रु. १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । त्यसमा ४१.२ प्रतिशत चालु खर्च, २२.७ प्रतिशत पुँजीगत खर्च र १२.६ प्रतिशत वित्तीय व्यवस्था गरिएको छ भने प्रदेश तथा स्थानीय तहहरुलाई दिने अनुदानको हिस्सा २३.५ प्रतिशत छ ।
आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।
चालु आवको बजेटको आकार रु. १४ खर्ब ७४ अर्ब ६४ करोड छ ।
बजेटको स्रोतमध्ये रु. १० खर्ब २४ अर्ब राजश्वबाट ब्यहोरिने भएको छ ।
त्यसैगरी रु. ६३ अर्ब वैदेशिक अनुदानबाट मिलाइने छ ।
अपुग हुने रु. ५ खर्ब ५९ अर्बमध्ये रु. ३ खर्ब ९ अर्ब वैदेशिक ऋण र रु. २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट ब्यहोरिने छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।