add

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब, प्रधानमन्त्री रोजगारलाई १२ अर्ब






ActPro Nepal

|

१५ जेठ, २०७८

|
673

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिन १० अर्ब बजेट विनियोजन गरेको छ । 

यस्तै सरकारले आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पु¥याइने भएको छ ।

शनिबार आगामी आर्थिक वर्ष २०७८—७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले नेपाल टेलिभिजनबाट शैक्षिक च्यानल सञ्चालन गरिने पनि बताए ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुर्नसंरचना गरी बेरोजगारलाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गर्ने भएको छ।

कार्यक्रम पुर्नसंरचना गरि २ लाखलाई रोजगार सृजना गरिने उनले बताए। त्यसका लागि १२ अर्ब रुपैयाँ विनियोजित गरिएको पौडेलले बताए।

स्थानीयस्तरमा सञ्चालन गरिने सडक, सिचाईं, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायत कार्यक्रम तथा आयोजनामा रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगार व्यक्तिलाई काममा लगाउने गरी खरिद सम्झौता गरिने उनले बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.