काठमाडौं। राष्ट्रिय अर्थतन्त्रमा बाग्मती प्रदेशको हिस्सा ३७.७ प्रतिशत रहने अनुमान गरिएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७ ७८ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।
अनुमानित राष्ट्रिय वार्षिक ४२ खर्ब ६६ अर्ब ३२ करोड मध्ये कुल गार्हस्थ उत्पादन (जीडीपी) बाग्मतीको अर्थतन्त्र सबैभन्दा ठूलो रहने देखाइएको छ । कर्णाली प्रदेशको सबैभन्दा कम ४ प्रतिशत रहने अनुमान छ ।
त्यसमा बाग्मतीको जीडीपी रु. १६ खर्ब ७ अर्ब अर्ब रहने अनुमान छ भने कर्णालीको रु. १ खर्ब ७२ अर्ब रहने छ ।
बागमतीपछि सबैभन्दा ठूलो अर्थतन्त्र प्रदेश १ को छ । प्रदेश १ को अर्थतन्त्र चालु आर्थिक वर्षमा ६ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।
प्रदेश १ को आर्थिक वृद्धिदर गत आर्थिक वर्षको ऋणात्मक १.२ प्रतिशतबाट चालु आर्थिक वर्षमा ३.६ प्रतिशत हुने अनुमान छ ।
गण्डकी प्रदेशको कूल गार्हस्थ उत्पादनमा उपभोक्ताको मूल्य ३ खर्ब ७२ अर्ब हुने अनुमान गरिएको छ। जुन राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा ८ दशमल ८ प्रतिशत योगदान हो।
लुम्बिनी प्रदेशको कूल गार्हस्थ उत्पादन ५ खर्ब ९६ अर्ब हुने अनुमान विभागको छ। प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत कायम भइ अर्थतन्त्रको आकार ५ खर्ब ६२ अर्ब रुपैयाँ पुग्ने केन्द्रीय तथ्यांक विभागको अनुमान छ ।
सुदूरप्रश्चिम सरकारको कूल गार्हस्थ उत्पादन उपभोक्ता मूल्य २ खर्ब ९४ अर्ब हुने अनुमान गरिएको छ। जुन राष्ट्रिय तहमा ७ प्रतिशत हो।
आर्थिक वर्ष २०७६/७७ मा कुल लगानी ३०.४ प्रतिशतले सङ्घन भएकोमा आर्थिक वर्ष २०७७/७८ मा १८.१ प्रतिशतले वृद्धि भई रु.१३ खर्व १२ अर्ब ७१ करोड पुग्ने अनुमान छ कुल गार्हस्थ्य उत्पादनसँग बचतको अनुपात ६.६ पुग्ने अनुमान छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।