add

‘आर्थिक वृद्धिबाहेक अर्थतन्त्रका अन्य परिसूचक सकारात्मक छन्’






ActPro Nepal

|

१४ जेठ, २०७८

|
714

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०७७/७८ मा ४ प्रतिशतको आर्थिक वृद्धि पनि हासिल गर्न चुनौतीपूर्ण देखिएको बताएका छन् । 

आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थितिको समीक्षा सार्वजनिकीकरण कार्यक्रमलाई अर्थमन्त्रालयमा सम्बोधन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् । २०२० को सूरुदेखि आएको कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्र ३.३ प्रतिशतले खुम्चिएको भएपनि २०२१ मा खोप आएपछि भने विश्व अर्थतन्त्रमा भने सुधार देखिन थालेको उनले बताए ।

सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य राखेको थियो । चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट तथा नीति कार्यक्रमको कार्यान्वयनबाट उक्त लक्ष्य प्राप्त गर्ने लक्ष्य राखेको थियो । तर, चालू वर्षको चैत सुरुबाटै नेपालमा कोभिड–१९ को प्रभाव देखिन थालेपछि आर्थिक गतिविधिमा मन्दी आउन लागेको थियो । सरकारले उक्त लक्ष्यमा संशोधन गरेर ४.१ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो । तर, उक्त लक्ष्य पनि प्राप्त गर्न चुनौतीपूर्ण रहेको उनले बताए ।

केन्द्रीय तथ्यांक विभागले भने चालू आर्थिक वर्षमा ३.९८ प्रतिशतको आर्थिक वृद्धि प्राप्त हुने अनुमान गरेको थियो । तर, त्यो पनि प्राप्त नहुने अनुमान गरिएको छ ।

कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगानाले भने आर्थिक कोभिडका कारण आर्थिक वृद्धिदरमा केही कमी आए पनि समग्र आर्थिक सूचक खासै नकारात्मक नदेखिएको दाबी गरे ।

‘आर्थिक वृद्धिदर एउटा सूचकमा केही चुनौती छ,’ उनले भने, ‘तर, ८.६ प्रतिशतले रेमिट्यान्स बढेको छ । मुद्रा स्फिति, मूल्यवृद्धि नियन्त्रणमा छन् । शोधनान्तर स्थिति बचतमा छ । यी लगायत धेरै आर्थिक परिसूचक सकारात्मक नै रहेकोले अर्थतन्त्र जोखिमको अवस्थामा छैन ।’

हरेक वर्षको बजेट भाषण अघि सरकारले चालू वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने गरेको छ । यस वर्ष कोरोना कहरका कारण सीमिति व्यक्ति तथा फोटोका सञ्चारकर्मीको उपस्थितिमा अर्थमन्त्रालयमा आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.