काठमाडौं । सरकारले थप ४१ वटा अस्पतालमा पिडियाट्रिक आइसीयू र आइसीयू भेन्टिलेटर व्यवस्थापन गर्न १ अर्ब ४१ करोेड रुपैयाँ दिने भएको छ ।स्वास्थ्य मन्त्रालयको माग अनुसार अर्थ मन्त्रालयले देशभरका ४१ अस्पतालका लागि थप उक्त रकम सुनिश्चित गरेको हो ।
मन्त्रालयले पिडियाट्रिक आईसीका लागि भक्तपुर अस्पताललाई १२ करोड रुपैयाँ, गजेन्द्रनारायण अस्पताल र तुलसीपुर अस्पताललाई ९/९ करोड, सेती प्रादेशिक अस्पताललाई ६ करोड सुनिश्चित गरेको छ ।
यस्तै, ओखलढुंगा अस्पताल, रंगेली अस्पताल, सुनसरी अस्पताल, ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, सर्लाही अस्पताललाई समान ३/३ करोड रुपैयाँ रहेको छ ।
यस्तै, दोलखा अस्पताल, रत्ननगर अस्पताल, भक्तपुर नगर अस्पताल, बारा अस्पताल, रामेछाप अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, म्यादी अस्पताल, पाल्पा अस्पताल, रोल्पा अस्पताल, पृथ्वीचन्द्र अस्पताल, मुसिकोट अस्पताल, मुगु अस्पताल र मेहलकुना अस्पताललाई पनि ३/३ करोड रुपैयाँ सुनिश्चित गरेको छ ।
यस्तै, आइसीयू र भेन्टिलेटरका लागि कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताललाई ३/३ करोड रुपैयाँ सुनिश्चित गरिएको छ ।
यसैगरी, धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल तथा भीम अस्पताललाई १ करोड ८० लाख रुपैयाँका दरले सहमति दिइएको छ ।
यस्तै, गजेन्द्रनारायण अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताल, नारायणी अस्पताल, कोसी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर प्रादेशिक अस्पताल र सुर्खेत प्रदेश अस्पताललाई १ करोड २० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरिएको छ ।
अर्थ मन्त्रालयले मेची अस्पताल र धौलागिरि अस्पताललाई ६० लाख रुपैयाँका दरले र सेती प्रादेशिक अस्पताल तथा महाकाली अस्पताल र भरतपुर अस्पताललाई २ करोड ४० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।