काठमाडौं । भन्सार एजेन्ट इजाजतपत्र (लाइसेन्स)को छनोटको लिखित परीक्षा स्थगित भएको छ ।
भन्सार विभागले शुक्रवार एक विज्ञप्ति निकाल्दै परीक्षा स्थगित भएको जनाकारी गराएको हो ।
भन्सार विभागले करिब २० वर्ष पछि पहिलो पटक खुल्ला गरेको भन्सार एजेन्टको लिखित परीक्षा आगामी जेठ २२ को लागि तय गरेको थियो ।
अब परीक्षा कहिले हुन्छ भन्ने अनिश्चित छ । निषेधाज्ञा लम्बिँदै गएमा यो परीक्षाको समय पनि लम्बिँदै जाने छ । विभागले परीक्षा सञ्चालन हुनु १५ दिन अगाडि सूचना निकालेर परीक्षाको मिति तोकिने जनाएको छ ।
यस्तो छ सूचना
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।