add

बैंकमा तरलता बढ्यो, एक सातामा २३ अर्ब निक्षेप संकलन हुँदा १ अर्ब मात्रै कर्जा प्रवाह






ActPro Nepal

|

५ जेठ, २०७८

|
1226

काठमाडौं । कोभिड-१९ को दोस्रो लहरको प्रभाव बैंक तथा वित्तीय संस्थामा समेत परेको छ । 

पछिल्लो समय कर्जा लगानीमा आक्रामक देखिएका बाणिज्य बैंकहरु निषेधाज्ञासँगै सुस्ताएका छन् । नेपाल बैंकर्स संघले जारी गरेको बैशाख मसान्तसम्मको तथ्यांक अनुसार कर्जा र निक्षेप दुवै घट्न थालेको हो । 

निषेधाज्ञापछिको दुई सातामा वाणिज्य बैंकहरूले जम्मा १७ अर्ब मात्रै कर्जा लगानी गरेका छन् भने निक्षेप संकलन ३३ अर्ब भएको छ ।   

निषेधाज्ञाको पहिलो सातामा बैकहरुले १० अर्ब निक्षेप संकलन गर्दा १६ अर्ब कर्जा लगानी गरेका छन् ।  निषेधाज्ञाको दोस्रो सातामा भने २३ अर्ब कर्जा निक्षेप संकलन गर्दा १ अर्ब कर्जा लगानी गरेका छन् । 

तथ्यांक अनुसार १७ बैशाखमा वाणिज्य बैंकहरूले ३५ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यस्तो कर्जा २४ बैशाखमा ३६ खर्ब नौ अर्ब छ भने ३१ वैशाखसम्म आइपुग्दा ३६ खर्ब ११ अर्ब  रुपैयाँ पुगेको देखिन्छ ।

निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प भएकोले पनि बैंकको निक्षेप र कर्जा दुबै घटेको देखिन्छ ।  १७ वैशाखमा ३९ खर्ब २३ अर्ब रहेको निक्षेप यही महिनाको मसान्तमा आइपुग्दा ३२ अर्बले बढेर ३९ अर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।

वैशाख महिनाभरमा भने वाणिज्य बैंकहरूले जम्मा ११ अर्ब  रुपैयाँ मात्रै निक्षेप बढाउन सकेका छन् । वैशाख महिनाको पहिलो सातामा १७ अर्ब रूपैयाँ र दोस्रो सातामा ५ अर्ब गरी दुई सातामा २२ अर्बले निक्षेप घटेको थियो । 

 बैंकिङ प्रणालीमा तरलता कायमै रहेकाले बैंकहरुले निक्षेप संकलनमा भने खासैध्यान दिएका छैनन् । सरकारले १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु गरेको थियो भने अहिले देशैभर निषेधाज्ञा भइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.