add

चितवनमा तास खेलिरहेका सात जना पक्राउ,एक लाख अठहत्तर हजार नगद बरामद






ActPro Nepal

|

३ जेठ, २०७८

|
972

चितवन । चितवनमा तास खेरिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले खैरहनी नगरपालिका वडा नम्वर–८ स्थित नयाँटोलमा तास खेलिरहेको भन्ने जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–८ दुर्गा भवानी टोल बस्ने ३३ बर्षीय रोशन श्रेष्ठ, मगनीचोक बस्ने ३९ बर्षीय राजु थापा भन्ने तिलक बहादुर मगर, ३१ बर्षीय कमल श्रेष्ठ, ५८ बर्षका टोप बहादुर गुरुङ, ३५ बर्षका भीम बहादुर श्रेष्ठ, ४७ बर्षका निल पुनस् र नयाँरोड बस्ने बर्ष ४४ का प्रेम प्रसाद महतो पक्राउ परेका हुन् ।

उनीहरुबाट एक लाख अठहत्तर हजार दुई सय पचासी रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

लकडाउनको बेला जमघट गर्ने, तास खेल्ने, भोज लगाउने लगायत गतिविधि पाइएपछि प्रहरीले निगरानी बढाएको छ । सरकारले कोरोना भाइरस संक्रमणको न्यूनीकरणका लागि लडकडाउन जारी राखेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.