add

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?






ActPro Nepal

|

२ जेठ, २०७८

|
708

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । 

शुक्रबार प्रति तोला ९१ हजार ६ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य आइतबार प्रति तोला ९ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि ९ सय रुपैयाँले बढेर प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको संघले बताएको छ । 

आइतबार चाँदीको मूल्य पनि  प्रति तोला २० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रति तोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.