add

बालिका करणी गर्ने दुई फरार अभियुक्त पक्राउ






ActPro Nepal

|

१ जेठ, २०७८

|
1257

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले जबरजस्ती करणीका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नम्बर ६ सिमपानीका वर्ष ३१ का मोहन श्रेष्ठ र मन्थली नगरपालिका वडा नम्बर १३ का वर्ष २२ का सागर भन्ने रामबहादुर सुनार रहेका छन् ।

घटना विवरण अनुसार श्रेष्ठले वैशाख २७ गते दिउँसो १ बजे १६ वर्षका बालिकालाई बारीमा मकै छर्न गएको समयमा कोही नभएको मौकाछोपी जबरजस्ती करणी गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

त्यस्तै गत वैशाख २७ गते साँझ ७ बजे १४ वर्षका बालिकालाई विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सुनारलाई पक्राउ गरेको हो । आफन्तले प्रहरीमा दिएको उजुरी अनुसार सुनारले त्यसपछि पनि विभिन्न पटक डर देखाई जबरजस्ती करणी गर्ने गरेको उल्लेख छ ।

शुक्रबार पक्राउ परेका श्रेष्ठ र बिहिबार पक्राउ परेका सुनारलाई शुक्रबार नै जिल्ला अदालत रामेछापबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) नवराज ढुंगानाले बताए ।

उनले भने, ‘पीडित परिवारका आफन्तले बिहिबार प्रहरीमा उजुरी दिएपछि साथै, घटना भएको थाहा पाउने बित्तिकै हामीले फरार अभियुक्तको खोजीकार्यलाई तीव्र बनाएका थियौं । सोही अनुसार उजुरी परेकै दिन बिहिबार सुनार र शुक्रबा श्रेष्ठलाई पक्राउ गर्न सफल भएका हौं ।’

डीएसपी ढुंगानाले जिल्लामा भएका विभिन्न प्रकारका घटनाको बारेमा प्रहरीलाई तत्काल सूचना उपलब्ध गराउने हो भने अपराधीलाई छिटो भन्दा छिटो पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सकिने बताए । त्यसका लागि नागरिकलाई निर्धक्क साथ सूचना उपलब्ध गराएर सहयोग गर्नसमेत ढुंगानाले अनुरोध पनि गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.