add

‘बाल उदय’को डिजिटल एप सार्वजनिक






ActPro Nepal

|

३१ वैशाख, २०७८

|
1532

काठमाडौं । बाल उदय मासिक बालपत्रिका अब डिजिटल माध्यमबाट पनि प्रकाशन हुने भएको छ । ‘बाल उदय’ नामक एक अन्तरक्रियात्मक मोबाइल एप्लिकेसनमार्फत सहजै बाल उदय पढ्न पाइने भएको हो ।

यही शुक्रबार एक भर्चुअल कार्यक्रमका बीच ‘नायिका सुरक्षा पन्तसँग बालबालिकाका कुरा’ शीर्षकमा छलफल कार्यक्रम गर्दै उक्त एप्लिकेसन सार्वजनिक गर्न लागिएको बाल उदयका सम्पादक नरेन्द्रकुमार नगरकोटीले जानकारी दिए ।

उक्त एप्लिकेसनमा बालबालिकालाई विशेष स्थान दिँदै रोचक, रमाइला, रुचिकर लेखहरु साथै पढ्ने, रमाउने र उपयोगी खेलहरु समावेश गरिएका छन् । हरेक अंकमा समावेश गर्दै आएका बालप्रतिभाको कथा, प्रेरणादायी कथाहरू, बालबालिकाका मनपर्ने र मननपर्ने कुरा, बालविचार, बालबालिकासँग कुराकानी, स्थानीय चाडपर्व, स्थानीय प्रविधि, नेपाली जनजीवन, हाम्रै संस्कृति बारे बालबालिकाका अनुभव, बालबालिका साथीहरुले पढ्नुपर्ने किताब, हेर्नुपर्ने फिल्म, गर्नुपर्ने प्रयोग, आफैंले गर्नुपर्ने काम बारे सामाग्री, कथा, कविता, निबन्ध, नाटक, चित्र, फोटो आदिका साथै थप रोचक, ज्ञानवद्र्धक र उपयोगी फिचरहरु रहेको  छ ।

बालबालिकाका लागि सिकाइ यात्राको समयसापेक्ष पूरक सामाग्रीका रुपमा आएको डिजिटल बाल उदय बालबालिकाका अनुभव सुन्ने र सुनाउने एउटा मञ्च हुनेछ । एप्लिकेसनबाटै सदस्य बन्न मिल्ने र डिजिटल रुपमै सदस्यता शुल्क तिर्न मिल्ने व्यवस्था पनि गरिएको छ । साथै, किताबहरु अर्डर गर्न मिल्ने र पाठ्यक्रमको उद्देश्य पूरा गर्ने सवालमा पनि एप्लिकेसनमार्फत केही प्रयत्न गरिएको  छ ।

सिकाइ संस्कृति विकासका लागि बाल पत्रिका भन्ने मूल मर्मका साथ ‘बाल उदय’ मासिक बालपत्रिका प्रकाशनमा आएको थियो । 

बाल उदय अब विश्वको जुनसुकै कुनाबाट जतिसुकै बेला पढ्न सकिनेछ । त्यसका लागि बाल उदयको मोबाइल एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । एप्लिेकेसन गुगल प्लेस्टोर र एपस्टोर दुवैबाट डाउनलोड गर्न मिल्नेछ भने बाल उदयको वेबसाइट https://baaludaya.com/ बाट थप जानकारी पाउन सकिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.