add

प्रतिबन्धित खैरो हिरोइनसहित दुई पक्राउ






ActPro Nepal

|

३१ वैशाख, २०७८

|
815

कञ्चनपुर । प्रतिबन्धीत लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेका दुईजनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ बेलौरी नगरपालिका-१० भुडा थापाचोकबाट पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-६ ऐठपुरका वर्ष ३० का असोक सुनार र सोही ठाउँका वर्ष २० का केशव चन्द रहेका छन् ।

पक्राउ परेका दुवै जनाको साथबाट ८ दशमलव ६९० ग्राम खैरो हिरोइन बरामद भएको छ । भारतबाट से४प ७५२७ नम्बरको मोटरसाईलमा नेपालतर्फ आउँदै गरेका बेला दुवैजना पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाईएको छ । एक हप्तामै सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरी लागु औषधसहित आठ जनालाई पक्राउ गरी सकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.