काठमाडौँ । अमेरिकाले आफ्ना देशका नागरिकलाई नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ ।
कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राभल एड्भाइजरी जारी गरेको हो ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गर्दै अमेरिकाले नेपालमा कोभिड संक्रमण उच्च रहेको जनाएको छ ।
अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न पनि एड्भाइजरीमा भनिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।