add

रिचार्जरमा पल्स अक्सिमिटर ९ सय ९९ रुपैयाँमा, कोभिडका सामान निशुल्क डेलिभरी






ActPro Nepal

|

२९ वैशाख, २०७८

|
946

काठमाडौं । ई–कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ ।

पेमेन्ट गेटवे ई सेवासँगको सहकार्यामा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निःशुल्क डेलिभरी गरिदिने भएको हो ।

पल्स अक्सिमिटर ९९९ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । रिचार्जरले मोबाइल एपमा सञ्चालन हुने ह्याप्पी आवर अफरमा निश्चित समयका लागि यो अफर सञ्चालन गर्न लागेको हो ।

वैशाख ३१ गते शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने ह्याप्पी आवरमा उल्लेखित मूल्यमा अक्सिमिटर अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । एक जना प्रयोगकर्ताले अधिकतम ५ वटासम्म अक्सिमिटर खरिद गर्न सक्ने छन् ।

ह्याप्पी आवरमा अर्डर भएका अक्सिमिटरको निःशुल्क डेलिभरी हुने छ भने अर्डर गरी इसेवाबाट भुक्तानी गर्नेहरुले मात्र उल्लेखित मूल्यमा अक्सिमिटर पाउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

कोरोना संक्रमण तीव्र दरमा बढिरहेका बेला अक्सिजनको लेभल हेर्न अक्सिमिटर जरुरी पर्ने भएकाले सस्तो मूल्यमा बिना कुनै शुल्क घरमा नै अक्सिमिटर उपलब्ध गराउन लागेको रिचार्जरले जनाएको छ ।

यसका साथै रिचार्जरले ७ लिटरसम्मको पोर्टेबल अक्सिजन कन्सीटेटर ६० देखि ८२ हजार रुपैयाँमा उपलब्ध गराउने छ भने अक्सि ९९ क्यान अक्सिजन ५४९ रुपैयाँमा, सर्जिकल मास्क ५ रुपैयाँमा, के ९५ मास्क १५ रुपैयाँमा, कोरियन मास्क ३५ रुपैयाँमा, फेस शिल्ड ५५ रुपैयाँमा, १०० मिलिलिटरको ह्याण्ड स्यानिटाइजर ७५ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

त्यसैगरी गाडी तथा रुम स्प्रे स्यानिटाइजर ३५० रुपैयाँ, ५ लिटरको स्यानिटाइजर ७९९ देखि ९९९ रुपैयाँका साथै थर्मल गन ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । विभिन्न किसिमका पीपीई सेट बजार मूल्यभन्दा सस्तोमा उपलब्ध हुनेछ ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता सञ्चालन गर्दा १ हजार क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.