add

सोह्रखुट्टेको जुवा खालबाट २ महिलासहित २५ जना जुवाडे पक्राउ (नामसहित)






ActPro Nepal

|

२९ वैशाख, २०७८

|
2649

काठमाडौं । महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटीएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर १६ ठमेलमा जुवातास खेलिरहेको अवस्थामा २५ जना जुवाडे लाई पक्राउ  पक्राउ गरेको छ ।

वृत्तले काठमाडौं १६ बहती पोखरीस्थित पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलबाट जुवाडेहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १० लाख ९७ हजार बरामद भएको प्रहरीको भनाइ छ ।


साथै प्रहरीले ३० बुक तास,तास खेल्न प्रयोग गरिएको २५० वटा क्वाईन बरामद गरेको छ । माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले क्यासिनोकै शैलीमा गौतमले जुवा खेलाउने गरेका थिए ।

पक्राउ पर्नेमा होटल संचालक गौतम, भारतिय नागरिक कानु प्रधान, काठमाडौं घर भएकी रञ्जना ढकाल, काभ्रेका पुरुषोत्तम न्यौपाने, महोत्तरीका मनोज कुमार मण्डल र बझाङका उमेश बिक सहित २५ जना छन् ।

यी हुन् पक्राउ परेका २५ जना जुवाडे

१. का जि का म नपा वडा न १६ बस्ने वर्ष ४९ को पिताम्वर गौतम

२. देश भारत ओडिसा घर भई हाल का जि का म नपा वडा न लगनटोल बस्ने बस्ने बर्ष ४८ को कानु प्रधान

३. काजि काम नपावडा न१६ बस्ने वर्ष ३७ को रन्जना ढकाल

४. जि काभ्रे बनेपा न पा वडा न ६ काग्ले घर भई हाल काजिकामनप-१६ नयाँबजार बस्ने बर्ष ४७ को पुरुषोत्तम न्यौपाने

५.जिमहोत्तरी लोरपटि गा पा वडान २ घर भई हाल का जि का म नपा वडा न ३८ को मनोज कु मण्डल

६.जि.बझाङ दुर्गाथलि गा पा वडा न ७ घर भई हाल काजिकाम नपा वडा न १५ स्वयम्भु बस्ने वर्ष २६ को उमेश विक

७. जि काभ्रे।पाँचखाल न पावडान ३ घर भई हाल काजिकामनपा वडा न सितापाईला बस्ने वर्ष ४५ को विजय कार्कि

८.जि चितवन भ महा न पा वडा न ११ घर भई हाल काजि काम पावडा न ७ बस्ने वर्ष ४७ को जगत बहादुर गुरुङ

९.जि मोरङ कानेपोखरी गा पा वडा न २ घर भई हाल काजि ,क म नपा वडा न २६ बस्ने वर्ष ४० नविन्द्र कुमार गुरुङ

१०.जि सिपा घर भई हाल का जिकाम नपावडा न ४ बस्ने वर्ष ३१ को सुशान्त घले

११.काजि कामनपावडा न २९ शंखमुल बस्ने वर्ष ५२ ज्योति प्रकाश श्रेष्ठ

१२.जि मकवानपुर टिष्टुङ घर भई हाल का जि चन्द्रगिरि न पा बस्ने वर्ष ३७ को विर्ख बहादुर थिङ

१३.जि धादिङ रोराङ गापा वडा न २ घर भई हाल काजिकाम नपावडा न २९ बस्ने वर्ष ३५ को पदम बहादुर तामाङ

१४.जि।ललितपुर ललितपुर महा नपा वडा न ७ लगनखेल बस्ने वर्ष ४२ को शंखर माली

१५.जि भक्तपुर चाँगुनारायण न पा वडा न ७ बस्ने वर्ष ४० को रामेश्वर गौत्तम

१६.जि मकवानपुर हेउनपा वडा न १३ घर भई हाल काजिकामनपा वडा न २६ म्हेपि बस्ने वर्ष २६ को रामकृष्ण वाईवा

१७.जि दोलखा जिरि न पा वडा न ७ घर भई हाल काजिकामनपवडा न१६ बस्ने वर्ष २८ को छिरिङ शेर्पा

१८. जि काभ्रे रोशिगपा वडा न १ घर भई काजिका म नपडा न६ बस्ने वर्ष ३३ को मिनसाङ लामा

१९. जि ललितपुर ललितपुर म नपा वडा न ४ बस्ने वर्ष ३० को अनिल सेढाई

२०. काजि तार्केश्वर नपा वडा न ११ बस्ने वर्ष ५५ को राम अधिकारी

२१. जि मुगु घर भइ का जि का म नपा वडा न ४ बस्ने वर्ष ३७ को तेन्जिङ लामा

२२. काजि का म पावडा न६ घर भई काजि का मन पावडा न १६ बस्ने वर्ष ३८ को ग्यालछेल लामा

२३. जिल्ला नवलपरासी बर्दाघाट नपा वडा न १२ घर भई हाल काजिका म नपा वडा न २६ बस्ने वर्ष ३५ को छिरिङ लामा

२४. जि ललितपुर लुभु नपा बस्ने वर्ष ३८ को ज्योति थापा

२५.  जि सल्यान कालिमाटि गापा वडा न३ घर भई हाल काजि नागार्जुन नपा वडा न ३ बस्ने वर्ष ४० को बल ब राउत ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.