add

मौसम पूर्वानुमान : देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना






ActPro Nepal

|

२८ वैशाख, २०७८

|
694

काठमाडौं । आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका भू-भागहरुमा सामान्य बदली रहेको तथा बाँकी भूभागहरुमा आंशिक वदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन,चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

बुधबार भारी वर्षाको सम्भावना रहेको तथा बिहीबार मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । 

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख २८ गते (मंगलबार)

दिउँसो:  देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वैशाख २९ गते (बुधबार)

दिउँसो:  देशको पहाडी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मति प्रदेशका तराईका भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३० गते (बिहीबार)

दिउँसो:  देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य र बाँकी भू-भागहरुमा आंशिक बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.