‘म राष्ट्रिय समस्या हुँ कि तपाईं राष्ट्रिय समस्या हो, बहस गरौ’-प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय समस्या हो कि आफू नै हो बहस गर्न चुनौती दिएका छन् ।

सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै दाहालले यस्तो बताएका हुन् ।

उनले ओलीसँग प्रचण्ड राष्ट्रिय समस्या हो भन्ने प्रमाणित गर्ने तर्क, तथ्य नभएको बताए ।

त्यस्तै बाम गठबन्धनको एकतापछि हाम्रो सपना डे वान देखि नै तपाईले तुहाउने काम गर्नुभयो, पार्टी अध्यक्षको हैसियतले, पूर्वप्रधानमन्त्रीको हैसियतले पार्टीभित्र बहस गरेँ तर तपाईले पार्टीको विषयलाई लिएर संसद विघटन गर्ने ?’, उनले भने ।

‘देशको संविधानमाथि संकट, राष्ट्रिय स्वाधिनतामाथि, लोकतान्त्रिक पद्दतिमा, कम्युनिस्ट आन्दोलनमा संकट कसको कारणले आयो ? प्रधानमन्त्रीजी छातिमा हात राखेर भन्न सक्नुहुन्छ ? राष्ट्रिय समस्या म हो कि तपाई हो ? बहस गर्न म तयार छु ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।