add

एसईई र कक्षा १२ को परीक्षा स्थगित






ActPro Nepal

|

२७ वैशाख, २०७८

|
1216

काठमाडौं । कोरोनभाइरसको संक्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को निर्धारित परीक्षा तत्कालका लागि स्थगित भएको छ।

बोर्डको सोमबार बसेको भर्चुअल बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

एसईईका लागि ५ लाख १७ हजार विद्यार्थी तयारीमा छन् । जेठ २६ बाट हुने कक्षा १२ को परीक्षामा करिब ४ लाख परीक्षार्थी कक्षा १२ मा छन् ।

कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गरेको बोर्डले जनाएको छ ।

अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।

स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्न सकिन्छ भनेर १५ दिनभित्र बोर्ड सदस्यहरूले आ-आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय हुने जनाइएको छ ।

यसवर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । गतवर्ष पनि कोरोना महामारीकाबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

यो वर्ष इन्टरनेट सुविधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्नपत्र पठाएर परीक्षा लिने तयारी छ । गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा दिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.