add

एनसेलले ल्यायो प्रत्येक रिचार्जमा बोनस डेटादेखि वर्क फ्रम होम अफर






ActPro Nepal

|

२५ वैशाख, २०७८

|
1131

काठमाडौं । एनसेल आजियटा लिमिटेडले विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराएको छ  । हाल निषेधाज्ञाको समयमा आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा सहजै सम्पर्कमा रहिरहने उद्देश्यका साथ एनसेल आजियटा लिमिटेडले विभिन्न अफरहरु ल्याएको हो । 

यस्ता छन् अफरहरु 

प्रत्येक रिचार्जमा बोनस डेटा

ग्राहकले यस अफर अन्तर्गत ५० रुपैयाँ वा सो भन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन् । ग्राहकले ५० रुपैयाँदेखि ९९ रुपैयाँको रिचार्जमा ५० एमबी बोनस डेटा १ दिनको लागि प्राप्त गर्दछन् । त्यसै गरि एक सय रुपैयाँदेखि १ सय ९९ रुपैयाँ, दुई सय रुपैयाँदेखि २ सय ९९ रुपैयाँ , तीन सय रुपैयाँदेखि ४ सय ९९ रुपैयाँ सम्मको रिचार्जमा ग्राहकले क्रमश एक सय रुपैयाँ एमबी, दई सय रुपैयाँ एमबी, तीन सय रुपैयाँ एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । त्यसैगरी ५ सय रुपैयाँदेखि ९ सय ९९ रुपैयाँको रिचार्जमा ग्राहकले ५ सय रुपैयाँएमबी बोनस डेटा तथा एक हजार रुपैयाँ वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले एक हजार रुपैयाँ एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।

३० दिने डेटा प्याकमा डबल डेटा

मंगलबार (वैशाख २१)  बाट संचालनमा आएको यस अफरअन्तर्गत ग्राहकले ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युम बराबर नै थप डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । 

वर्क फ्रम होम अफर 

हाल निषेधाज्ञामा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले दैनिक तथा साप्ताहिक डेटा प्याक ल्याएको छ । दैनिक डेटा प्याकमा ग्राहकले कर सहित मात्र रु ३१ मा २ जीबी एप डेटा प्राप्त गर्छन र उक्त डेटा भोल्युम मार्फत माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मीट जस्ता प्लेटफर्म बिहान ६ बजे देखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ ।

डिजिटल प्लेटफर्म मार्फत प्याकहरुको खरिदमा बोनस

निषेधाज्ञाले गर्दा ग्राहकलाई बजारमा रिचार्ज कार्ड सहज रुपमा पाउन सम्भव छैन । यस्तो अवस्थामा ग्राहकले डिजिटल प्लेटफर्महरु एनसेल एप,च्याटबोट र वेभसाइट मार्फत एनसेलका सेवा तथा सुविधा सजिलै लिन सक्छन् । यसका साथै ग्राहकले डिजिटल प्लेटफर्म मार्फत सेवा खरिद गर्दा विभिन्न बोनसबाट पनि लाभ लिन सक्छन् ।

एनसेल सापटीमा विभिन्न सुविधा

ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै सापटी सेवामा एनसेलले थप सुविधाहरु दिएको छ । यो योजना लागु भएसँगै ग्राहकले अब सापटी सेवा अन्तर्गत पुरानै सेवा शुल्कमा रु ८० सम्म सापटी लिन सक्नेछन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स अपुग भएमा ग्राहकले एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी सापटी लिन सक्छन् ।

त्यसैगरी एनसेल सम्बन्धी अन्य विस्तृत जानकारी प्राप्त गर्नका लागि ९००५ मा डायल गरी सोधपुछ  सकिनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.