add

नयाँ श्रम स्वीकृति दिन बन्द, पुनः श्रम स्वीकृति अनलाइनबाट लिन सकिने






ActPro Nepal

|

२४ वैशाख, २०७८

|
1066

काठमाडौं। वैदेशिक रोजगार विभागले भौतिक रुपमा उपस्थित भएर दिइने सेवाबन्द गरेको छ ।

विभागले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि भौतिक रुपमा उपस्थित भै लिइने अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र पुनःश्रम स्वीकृति दिन बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागले मातहतका कार्यालयबाट भौतिक रुपमा उपस्थित भएर दिइरहेको सेवा स्थगित गर्ने तर अनलाइनबाट भने श्रम स्वीकृति लिन पाइने व्यवस्था गरेको छ ।

सरकारले दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ ।

सरकारले काठमाडौँ उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा जारी गरेका कारण यो अवधिमा अति आवश्यकबाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिएको सूचनामा उल्लेख गरेको छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलले एक सूचना जारी गर्दै भौतिक रुपमा उपस्थित बाहेक अनलाइन मार्फत पूनः श्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्ने जस्ता काम सीमित सेवा प्रवाहका रुपमा निरन्तरता दिने व्यबस्था मिलाएको जनाएको छ ।

यसरी दिनुहोस् पुनः श्रम स्वीकृतिको लागि अनलाइनबाट आवेदन

अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेवसाइट  www.dofe.gov.np मा गई अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ ।

श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोवाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ । त्यसकारण फारम भर्दा आफ्नो मोवाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नपर्छ । साथै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको यूजरनेम र पासवर्ड सुरक्षित राख्नपर्छ ।

श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफइआइएमएसको यूजर अकाउण्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ । तपाईँ आफैंले आवश्यकता अनुसार त्यसलाई प्रिन्ट गर्न सक्नुहुन्छ ।

पुनः श्रम स्वीकृति लिंदा म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइनमार्फत नै तिर्न सकिन्छ । यसरी अनलाइनमार्फत तिर्दा कुनै शुल्क लाग्दैन । ईसेवा फोन पे प्रालि, स्प्यारो पे प्रालिबाट रकम तिर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.