add

वीर अस्पतालले माग्यो १०३ जना कर्मचारी






ActPro Nepal

|

२३ वैशाख, २०७८

|
716

काठमाडौं  । वीर अस्पतालले सय जना स्पटार्फ नर्स सहित १०३ जना  कर्मचारी माग गरेको छ।

वीर असपतालले कोभिड१९ को संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितको चाप वृद्धि भएका कारण संक्रमितको हेरचाह र उपचारका लागि ६ महिनाका लागि कर्मचारी माग गरेको हो।

नवौँ तहमा ३ जना क्रिटिकल केयर वा क्रिटिकल केयरमा अनुभव भएको एनोस्थेसियोजिष्ट  र पाँचौ तहमा १०० जना स्टार्फ नर्सका लागि दरखास्त आह्वान गरिएको अस्पतालले जनाएको छ ।

चिकित्सकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा एमडि उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने र स्टार्फ नर्सका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ्गा विषयमा प्रमाणपत्र उत्तीर्ण गरी नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता भएको हुनुपर्ने योग्यता तोकिएको छ । आईसीयू र एचडियूमा अनुभव प्राप्तलाई प्राथमिकता दिइने जनाइएको छ ।इच्छुक व्यक्तिले वैशाख २४ गते ५ बजेसम्ममा दरखास्त दिन सक्ने निमित्त निर्देशक सापकोटाको भनाई छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.