उपत्यकाका बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत शाखा खोलेर सेवा दिनुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा बैंक वित्तीय संस्थाहरुले २५ प्रतिशत शाखाबाट मात्रै सेवा दिनुपर्ने भएको छ ।

उपत्यकाका तीनै जिल्लाका सिडिओहरुले उपत्यका भित्र बैशाख २२ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्मको अवधीसम्मलाई लकडाउन गर्दै बैंक तथा वित्तिय संस्थाका २० प्रतिशत शाखा मात्रै खोल्न पाउने व्यवस्था गरिदिएको हो ।

बैंकहरुको केन्द्रिय कार्यालय पनि २० प्रतिशत कर्मचारीबाट मात्रै सञ्चालन गर्न पाउनेछन् । त्यस्तै, बीमा कम्पनीका शाखाहरु पनि २५ प्रतिशत कर्मचारीबाट मात्रै सञ्चालन गर्न पाइनेछ ।

जिल्ला प्रशासन कार्यालयहरुले सवारी साधन सञ्चालनका लागि निश्चित संख्यामा मात्रै पास जारी गर्न पाउनेछन् । र त्यस्तो पासको विवरण नेपाल राष्ट्र बैंक र सिडिओ कार्यालयहरुमा बुझाउनुपर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।