add

शसस्त्र प्रहरीद्वारा स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ






ActPro Nepal

|

२० वैशाख, २०७८

|
791

मोरङ।  शसस्त्र प्रहरीको टोलीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका -१६ दरैयास्थित सीमा इलाकाबाट बैशाख १९ गते स्रोत नखुलेको ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको विराटनगर महानरपालिका १६ दरैया बस्ने २३ वर्षिय अमोद यादव र भारतमा घर बताउने १८ वर्षिय अभिषेक चौधरी छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई भारतबाट नेपालतर्फ लुकिछिपी आउँदै गरेको अवस्थामा उक्त रकमसहित पक्राउ गरेको हो।

शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि उक्त रुपैयाँसहित पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले यादवको साथमा ५ लाख रुपैयाँ र  चौधरीको साथमा ६ लाख ५० हजार रुपैयाँ फेला पारेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.