add

दाङमा भारतीय गाडीभित्र भेटिए तीनवटा शव






ActPro Nepal

|

१९ वैशाख, २०७८

|
1014

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका-६ स्वर्गद्वारी टोलमा भारतीय नम्बर प्लेटको गाडीमा ३ जनाको शव फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार भारतीय नम्बर प्लेटको रोकी राखेको गाडीमा ती बालबालिकाको शव फेला परेको हो । पार्किङ गरिराखेको कारनजिकै जाँदा गन्ध आएपछि स्थानिय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा तीन बालकको शव फेला परेको हो । तुलसीपुर-६ बरूवागाउँका तीन बालक वैशाख १६ गते साँझ हराएको निवेदन प्रहरीमा परेको थियो।

ती बालबालिका स्थानीय हुन सक्ने प्रहरीको आशंका छ ।

प्रहरीले अहिले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। ईलाका प्रहरी कार्यालय  तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले घटना गम्भीर भएको र घटनास्थलमा मुचुल्का उठाउने काम गरिएको वताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.