add

नेपाल बैंकले खुद नाफा २ अर्ब २६ करोड, वितरणयोग्य कति ?






ActPro Nepal

|

१३ वैशाख, २०७८

|
792

काठमाडौं। नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार चालु आर्थिक वर्षका चैत मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३१ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४७ करोड रहेको छ। बैंकको खुद ब्याज आम्दानी ११.७५ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड पुगेको छ भने संचालन मुनाफा २९.७६ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड पुगेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ७.१२ प्रतिशतले बढेर १ खर्ब ५१ अर्ब पुगेको छ भने कर्जा प्रवाह २३.८४ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको छ।

बैंकको खराब कर्जा २.६४ प्रतिशतबाट घटेर २.२९ प्रतिशत कायम भएको छ । १२ अर्ब ६३ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा २ अर्ब १५ करोड रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी २३.८७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २७०.२२ रुपैयाँ रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.