add

बैकिङ कसूर मुद्दाका फरार व्यक्ति सीआईबीको फन्दामा






ActPro Nepal

|

१२ वैशाख, २०७८

|
779

काठमाडौं। प्रहरीले बैकिङ कसूर मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ बेनीघाट रोलाङ्ग गाउँपालिका(५ बस्ने ४५ वर्षीय ध्रुव प्रसाद कँडेल रहेका छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

गत बर्षको मंसिर १९ गते उच्च अदालत पाटनको  फैसलाले उक्त मुद्दामा ७ दिन कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो ९ सीआईबी० बाट खटिएको प्रहरीले काठमाडौं नक्सालबाट पक्राउ गरेको हो ।

पक्राउ परेका ध्रुव प्रसादले २०७५ भदौ १० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारेर राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय गजुरीको खाताबाट भुक्तान हुने गरी पीडितलाई १२ लाख ५० हजार रुपैयाँ बराबरको चेक दिएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.