add

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक,आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट






ActPro Nepal

|

९ वैशाख, २०७८

|
1097

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बुधबार ३२.४१ अंकले घटेको शेयर बजार कारोबारको अन्तिम दिन १५.८० अंकले बढेर २६४८.१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१४ कम्पनीको ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८७ रुपैयाँ बराबरको १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ११ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने २ वटा समूहको परिसूचक राताम्मे भएको छ ।

कारोबारमा आएका २१४ कम्पनीमध्ये १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, महिला लघुवित्त, ग्रीन डेभलपमेण्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको शेयरमूय ९.९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.