काठमाडौैं । इन्धनको मूल्य बढेसँगै फेरि हवाई भाडा बढेको छ ।
नेपाल वायु सेवा संचालक संघले बुधबार राति १२ बजेदेखि लागू हुने गरी हवाई भाडा बढेको विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।
संघका अनुसार गन्तव्य अनुसार न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म भाडा वृद्धि गरिएको छ । इवाई भाडादरले यात्रुलाई खासै महंगो नपर्ने दाबी वायुसेवा कम्पनीहरूको छ।
संघले काठमाडौं–धनगढी रुटको सबैभन्दा धेरै ८५ रुपैयाँ इन्धन चार्ज बढाएको छ । यस्तै, संघले माउन्टेन उडानमा ६५ रुपैयाँ, काठमाडौं–सुर्खेत ७०, काठमाडौं–नेपालगञ्ज ६५, विराटनगर ५०, काठमाडौं–जुम्ला ६५, काठमाडौं–भद्रपुर ६० रुपैयाँ इन्धन चार्ज बढाएको छ ।
कुन गन्तव्यको कति बढ्यो इन्धन शुल्क ?
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।