add

सेबोनद्वारा ब्रोकर हाउसमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन






ActPro Nepal

|

८ वैशाख, २०७८

|
684

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोरोना भाइरसको संक्रमण बढेसँगै सम्पूर्ण धितोपत्र बजार तथा धितोपत्र व्यवसायीलाई सेवा प्रवाह गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ । 

धितोपत्र बोर्डले बुधवार एक सूचना जारी गरेर कोरोनाको महामारी रोकथाममा सहयोग पुर्‍याउनका लागि सुरक्षित तरिकाले कार्य सञ्चालन गर्न भनेको हो  ।

सोही अनुसार बोर्डले कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीहरुलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य रुपमा गर्न पनि भनेको छ । 

नेपाल सरकारले तोके बमोजिमको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी कार्यालयभित्र २५ जनाभन्दा बढी नहुने गरी सेवाग्राही बीच दुई मिटरको भौतिक दुरी कायम हुने गरी सेवा प्रवाह गर्नुपर्नेछ । 

साथै बोर्डले सभा सम्मेलन, गोष्ठी,सेमिनार,बैठक, तालीम प्रशिक्षण जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा सकेसम्म अनलाइन तथा भर्चुअल माध्यमबाट गर्न भनेको छ ।

सेवा प्रवाहलाई निरन्तर रुपमा सुचारु गरी संस्थाका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी परिचालन गर्ने र  सेवाग्राहीको भिडभाड कम गर्ने अभिप्रायले सकेसम्म सेवा प्रवाह गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न पनि बार्डले निर्देशन दिएको हो । 

कोभिड - १९ को संक्रमणबाट बच्न तथा बचाउन सरकारको निर्देशन र  यसअघि दिएका निर्देशनहरुको पनि पूर्ण पालना गर्न बोर्डद्वारा जारी सूचनामा उल्लेख छ । बोर्डले नेप्से, ब्रोकर क्रेडिट रेटिङ संस्थालाई पनि यही निर्देशन दिएको छ ।                                                    


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.