add

नेप्से परिसूचक ३७.५८ अंकले घट्यो, ६ अर्ब ७५ करोड बढीको कारोबार






ActPro Nepal

|

६ वैशाख, २०७८

|
951

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । सोमाबार नेप्से ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१३ कम्पनीको ६ अर्ब ७५ करोड ९४ लाख ५९ हजार ८६० रुपैयाँ बराबरको १ करोड ४१ लाख ९० हजार ६६१ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ११ वटा समूहको परिसूचक राताम्मे भएका छन् ।

कारोबारमा आएका २१३ कम्पनीमध्ये २३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बैंकिङ ३४, ब्यापार १०७, होटल तथा पर्यटन २४० , विकास बैंक ५६, फाइनान्स १६, निर्जीवन बीमा २१९, उत्पादन ४१, अन्य २६, जीवन बीमा १२९ अंकले घटेका छन्। जलविद्युत ३ र माइक्रोफाइनान्स ६ अंकले बढेको छ ।

कारोबार भएका २ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । आज सर्वाधिक शेयर बढ्नेमा महिला लघुवित्त वित्तिय संस्था, ज्याति लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

चन्द्रागिरि हिल्सका शेयरधनीले आज सबैभन्दा धेरै ९.८० प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.