add

एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘कस्टोमर केयर’ सेवा उपलब्ध






ActPro Nepal

|

६ वैशाख, २०७८

|
1193

काठमाडौं  ।  एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप (एनआईसी एसिया मोबाईल बैंक)मा सहज डिजिटल कारोबारको अलवा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा ‘कस्टोमर केयर’ को सुरुवात गरेको छ । 

आफ्ना लाखौं ग्राहक महानुभावहरूको समस्या यथासिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले (एनआईसी एसिया मोबाईल बैंक) मार्फत यस नवीन कार्यको थालनी गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा यस ‘कस्टोमर केयर’ बाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ ।

बैंकको (एनआईसी एसिया मोबाईल बैंक)एप भित्र रहेको यस ‘कस्टोमर केयर’ आइकनमा ट्याप गरेपश्चात् च्याटबट, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क, गुनासो टिकट, ईमेल सुविधा रहेका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.