add

६२६ जनाले लिए हिमाल आरोहण अनुमति, ४५ करोड रोयल्टी संकलन हुने






ActPro Nepal

|

६ वैशाख, २०७८

|
517

काठमाडौं । पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि वसन्त ऋतुको समयमा हालसम्म ६२६ जनाले अनुमति लिएका छन् । 

विभागले वसन्त यामको सगरमाथा सहितका विभिन्न हिमाल आरोहणका लागि ७१ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको हो ।

वसन्त यामको हिमाल आरोहणका लागि विभागले शुक्रबारसम्म ७१ आरोही समूहका ६२६ आरोहीले आरोहण अनुमति दिएको हो ।

यस यामको सगरमाथा आरोहणका लागि मात्रै हालसम्म ३६ आरोही समूहका ८४ महिला र २६६ पुरुष गरी कूल ३३८ आरोहीले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए ।

सगरमाथापछि ल्होत्से हिमालका लागि ११ तथा अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणका लागि समान चार–चार आरोही समूहले अनुमति पाएका छन् ।

त्यस्तै, नुप्सेमा तीन, अमादब्लङ र मकालुमा समान एक आरोही समूहले अनुमति लिएको विभागले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ महामारीबीच उत्साहवद्र्धक रुपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्वतीय पर्यटनमा सकारात्मक उत्साह थपिएको छ ।

सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षणले महामारीले शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने उनीहरुको अपेक्षा छ ।

४५ करोडभन्दा बढी रोयल्टी सङ्कलन

पर्वतारोहणका लागि उपयुक्त मानिने यस वर्षको वसन्त याममा हिमाल आरोहणबापत पर्यटन विभागले हालसम्म ४५ करोडभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ ।

विभागको पर्वतारोहण शाखाका अनुसार शुक्रबारसम्म ४५ करोड १९ लाख ५५ हजार ४९४ रोयल्टी सङ्कलन भएको छ ।

हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ । यो अनुकूल मौसममा सगरमाथा सहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायत उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन् । वसन्तयामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति जारी गरेको थियो । चैत १३ मा सगरमाथा आरोहणको पहिलो ‘पर्मिट’ जारी भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.