add

काठमाडौं बाहिर ५ नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर,कहाँको भाडादर कति ?






ActPro Nepal

|

६ वैशाख, २०७८

|
879

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले पोखराबाट चारसहित ५ नयाँ गन्तव्यमा उडान गर्ने भएको छ ।

हाल देशका अधिकांश गन्तव्यमा काठमाडौंबाटै उडान भर्दै आएको बुद्धले अब काठमाडौं बाहिरका एक सहरबाट पनि अर्को सहरमा उडान गर्ने भएको हो ।

बुद्ध एयरले अब पोखराबाट देशका अन्य ४ सहरमा उडान गर्ने भएको छ । बुद्धले अबदेखि पोखरा–सिमरा, पोखरा–नेपालगञ्ज, पोखरा–भैरहवा र पोखरा–विराटनगर उडान गर्ने भएको हो । यस्तै, बुद्धले भरतपुर–भैरहवा पनि उडान गर्ने भएको छ ।

बुद्धका अनुसार पोखरा–नेपालगञ्ज रुटको भाडादर ४ हजार ५०० रुपैयाँ, पोखरा–सिमरा ४ हजार ३०० रुपैयाँ, पोखरा–विराटनगर ६ हजार, पोखरा–भैरहवा ३ हजार १०० रुपैयाँ र भैरहवा–भरतपुर २ हजार ५०० रुपैयाँ रहेको छ ।

बुद्धले यी पाँचै नयाँ गन्तव्यमा वैशाख १८ गते ( मे १ तारिख)देखि उडान शुरु हुने बुद्ध एयरले जनाएको छ । नयाँ गन्तव्यको उडान बिचक्राफ्टबाट हुने कम्पनीले जनाएको छ ।

बुद्धले हाल ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट दैनिक १२० बढी उडान गर्दै आएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.