add

कामना सेवा विकास बैंकको खुद नाफा १७२ प्रतिशतले वृद्धि






ActPro Nepal

|

५ वैशाख, २०७८

|
992

काठमाडौं । कामना सेवा विकास बैंकले खुद मुनाफमा छलाड छलाङ मारेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण खुद नाफमा १७२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म कुल ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आवको सोही अवधिको तुलनामा ३७ करोड रुपैयाँ बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको ब्याज आम्दानी, गैर संचाालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशतले बढेर १ अर्ब ७ करोड ७६ लाख रुपैयाँमा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८५ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसैगरी, बैंकको सञ्चालन मुनाफा ९५ प्रतिशत र गैर संचालन मुनाफा १६ हजार ४८५ प्रतिशतले बढेको छ । गत वर्ष तेस्रो त्रैमासमा जम्मा १४ लाख ४५ हजार गैर संचालन नाफा कमाएको बैंकले चालू आवको सोही अवधिमा २३ करोड ९६ लाख नाफा कमाएको छ ।

समीक्षा अवधिमा बैंकले ३९ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल २ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७७ करोड ६८ लाख रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी २५०५ प्रतिशत अर्थात् १.१३ रुपैयाँबाट बढेर २९.४७ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४४.३५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.९४ प्रतिशत, खराब कर्जा १ प्रतिशत र बेसरेट ८.१५ प्रतिशत रहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.