add

रुरु जलविद्युत् परियोजनाको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस रिजल्ट ?






ActPro Nepal

|

३ वैशाख, २०७८

|
1288

काठमाडौं । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको आइपीओ आज बिहान विक्री प्रबन्धक एनएमबी क्यापिटलमा बाँडफाँट गरिएको हो ।

क्यापिटलका अनुसार आवेदन दिनेमध्ये भाग्मानी ३७ हजार ९१६ हजारले गोलाप्रथाबााट १० कित्ताका दरले सेयर हात पारेका छन् भने ७ जनाले थप १ कित्ता पाएका छन् । १५ लाख ५२ हजार ९८० जनाको भने हात रित्तो भएको छ ।

कम्पनीले चैत २० देखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।जसमा १६ लाख ८३ हजार १२१ जनाले आवेदन दिएका थिए । कुल आवेदनमध्ये रीत नपुगेका ८३ हजार ६९० आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । सदर भएका १५ लाख ९० हजार ८९६ जनालाई गोलाप्रथामा समावेश गरिएको थियो ।

कम्पनीले धितोपत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयका लागि यसअघि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता सेयर जारी गरिसकेको छ ।

कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत् आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आइपीओको नतिजा हेर्न मिल्ने व्यवस्था भए पनि अहिले भने ३ ठाउँबाट मात्रै नतिजा हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

लगानीकर्ताको गोपनीयताको विषयमा प्रश्न उठेसँगै सीडीएससीले गत महिनादेखि आइपीओको नतिजा तीन ठाउँबाट मात्रै हेर्न मिल्ने व्यवस्था गरेको हो ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले मेरो सेयर , विक्री प्रबन्धक एनएमबी क्यापिटल र रुरु जलविद्युतको वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन् 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.