add

नेप्से परिसुचक २७ सय अंक माथि, कारोबार रकम ७ अर्ब १४ करोड पुग्यो






ActPro Nepal

|

२ वैशाख, २०७८

|
1100

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड बनेको छ । बिहीबार नेप्से परिसूचक २०.६७ अंकले बढेर २७३५.४६ अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो । यो शेयर बजारको अहिलेसम्मकै उच्च बिन्दु हो ।

आज राम्रा बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्समा पनि नयाँ रेकर्ड कायम भयो । बिहीबार इन्डेक्स ६.१७ अंकले बढेर ४९२.४४ अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो ।

बिहीबार ट्रेडिङ र जलविद्युत बाहेक अन्य सबै समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक २.५३ अंकले घट्यो भने जलविद्युत ०.३४ अंकले घट्यो ।

सबैभन्दा धेरै विकास बैंकको सूचक बढ्यो । विकास बैंकको सूचक ३.१२ प्रतिशत बढ्यो । त्यस्तै, फाइनान्सको २.२२ प्रतिशत, इन्भेष्टमेन्टको १.५७ प्रतिशत बढ्यो ।

आज २१८ कम्पनीको १ करोड ९० लाख २० हजार ५२८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड ६६ लाख रुपैयाँको कारोबार भयो ।

बिहीबार ८ कम्पनीका लगानीकर्ता मालामाल भए । मालामाल हुनेमा बेष्ट फाइनान्स, एनआइसी एसिया लघुवित्त, महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, ग्रिन विकास बैंक, छ्याङ्दी जलविद्युत, कर्णाली विकास बैंक र सप्तकोशी विकास बैंकका शेयर धनी छन् ।

सबैभन्दा धेरै बहुउदेश्य फाइनान्सका शेयर धनीले गुमाए । कम्पनीको शेयर मूल्य ३.६७ प्रतिशत घट्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले गर्यो । लघुवित्तले ४९ करोड, ८९ लाख रुपैयाँको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.