add

एनसेलले ल्यायो नयाँ वर्ष डबल योजना,यस्ता छन् अफर






ActPro Nepal

|

१ वैशाख, २०७८

|
873

काठमाडौं । नयाँ वर्ष २०७८ का अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्छन्।

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि ल्याएको यस आर्कषक डेटा योजनाअन्तर्गत डेटा प्याकको खरिदमा उहि शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक रु ५० वा सोभन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा पनि लिन सक्छन्।

यो योजनाअन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागू हुनेछ। ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्दै यो आकर्षक योजना आज मंगलबारदेखि सञ्चालनमा आएको छ।

डबल डेटा योजनाअन्तर्गत ग्राहकले ३० दिनदेखि १ दिनसम्मका विभिन्न डेटा प्याकहरुमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्छन्।

यो आकर्षक योजनाअन्तर्गत ग्राहकले रु ४९९ मा ३० दिन समयसिमा रहेको १० जीबी डेटा प्याकको खरिद मा थप १० जीबी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन्।

ग्राहकले यो योजनाअन्तर्गत मात्र रु. ४९९ मा २० जीबी (१० जीबी + १० जीबी) डेटाको मजा लिन सक्छन्। बोनस डेटा पनि ३० दिनको लागि मान्य रहनेछ। त्यस्तै रु. १३९ मा १४ दिन समयसीमा रहेको २ जीबी डेटा प्याकको खरिदमा ग्राहकले ४ जीबी डेटा भोलुम (२ जीबी + २ जीबी) को फाइदा लिन सक्छन्।

त्यस्तै ३ दिन समयसीमा रहेको ४०० एमबी डेटा प्याक र १ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकमा पनि डबल डेटा भोलुम योजना अन्तर्गत ग्राहकले रु ४२ मा ८०० एमबी डेटा भोलुम (४०० एमबी +४०० एमबी) तथा रु १८ मा ३०० एमबी (१५० एमबी +१५० एमबी) डेटाको फाइदा लिन सक्छन्।

१ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकको हकमा ग्राहकले यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याटबोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमा मात्र योजनाअन्तर्गतको बोनस डेटा प्राप्त हुनेछ। यसका साथै डेटा सापटी सेवा अन्तर्गत रु. ४० मा ३०० एमबी डेटा खरिद गर्दा यो योजनामा ग्राहकले उहि शुल्कमा ६०० एमबी डेटाको मजा लिन सक्छन्।

यतिमात्र हैन नयाँ वर्षको यो योजनाअन्तर्गत रु. ५० वा सोभन्दा माथि हरेक रिचार्जमा उपहार स्वरुप बोनस डेटाले यस योजनालाई थप आकर्षक बनाएको छ। रु. ५० देखि रु. ९९ को रिचार्जमा ग्राहकले यस योजनाको अवधिभरि रु ५० एमबी बोनस डेटा प्राप्त गर्दछन्। बोनस डेटा १ दिनका लागि मान्य रहनेछ।

त्यसैगरी रु. १०० देखि रु. १९९, रु. २०० देखि रु. २९९, रु. ३०० देखि रु. ४९९ सम्मको रिचार्जमा ग्राहकले क्रमशः रु. १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन्।

त्यसैगरी रु ५०० देखि रु ९९९ को रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा रु १००० वा सोभन्दा बढीको रिचार्जमा ग्राहकले १००० एमबी डेटा यो योजनाअन्तर्गत बोनसस्वरुप प्राप्त गर्दछन्।

नयाँ वर्षका अवसरमा आफ्ना ग्राहकका लागि उही शुल्कमा डबल डेटा भोलुम प्रदान गर्न पाएकोमा निकै खुसी रहेको कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गतको डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटाले ग्राहकको सञ्चारको बढ्दो आवश्यकतालाई सम्बोधन गर्दै नयाँ वर्षमा आफ्ना परिवार तथा साथीभमाइसँग डिजिटल माध्यमबाट सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ७८ ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसारको डेटा प्याक खरिद गर्न सक्नेछन्। यो योजना वैशाख १४ सम्म सञ्चालनमा रहनेछ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.