add

माछापोखरी तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा






ActPro Nepal

|

२७ चैत, २०७७

|
1286

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो डिजिटल कारोबार सेवा विस्तार गर्नेक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा क्यूआर कोड सेवा शुरु गरेको छ ।

बैंकले शुक्रबार एक औपचारीक कार्यक्रमका बीच तरकारी बजारका व्यापारीलाई क्यूआर कोड हस्तान्तरण गरिएको हो । नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्यूआर कोड स्क्यान गरी भुक्तानी गरे ।

कार्यकारी निर्देशक कडेंलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू र कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई धन्यवाद ज्ञापन गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडि बढाई रहेको जानकारी गराए ।

बैंकले हाल देशभरका ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.