add

प्रधानमन्त्रीद्वारा पञ्चकन्या ग्रुपका श्रेष्ठसहित ६ उद्यमी सम्मानित






ActPro Nepal

|

२७ चैत, २०७७

|
836

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको उद्योग वाणिज्य क्षेत्रको विकासमा उल्लेखनीय योगदान गरेबापत छ जना उद्यमी–व्यवसायीलाई सम्मान गरेका छन् । 

चेम्बरको वार्षिक साधारणसभामा आज उनले चेम्बरका छ जना पूर्वअध्यक्षको स्मृतिमा स्थापना गरिएका ती सम्मान प्रदान गरेका हुन् । 

प्रधानमन्त्रीले ‘ईश्वरलाल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, वनवारीलाल मित्तल स्मृति सम्मान सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपाने तथा महिला उद्यमीतर्फको जनकदास श्रेष्ठ स्मृति सम्मान इन्दिरा सापकोटालाई प्रदान गरे । 

उद्यमी सापकोटालाई उनले नगद रु एक लाख ५० हजार पनि प्रदान गरे। 

त्यसैगरी उनले गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानलाई कृषि क्षेत्रको विकासमा गरेको योगदानको कदर गर्दै राजबहादुर चिपाली स्मृति सम्मान, भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङलाई जुद्धबहादुर श्रेष्ठ स्मृति सम्मान तथा विशाल ग्रुपका अध्यक्ष जगदीश अग्रवाललाई इन्द्रभक्त स्मृति सम्मान प्रदान गरे । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.