काठमाडौं। गृह मन्त्रालयले २६ जना उपसचिव तथा सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ।
विहीबार बसेको मन्त्रिस्तरिय बैठकले सरुवा तथा पदस्थापनको निर्णय गरेको हो। सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरू छन् ।
सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने गृहका शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
त्यस्तै धमेन्द्र मिश्रलाई पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने होमप्रसाद लुइँटेललाई लम्जुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीका साथ पठाइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।