add

फोर्ब्सको अर्बपति सूचीमा विनोद चौधरीको स्थान किन खस्कियो ? कति छ सम्पत्ती ?






ActPro Nepal

|

२५ चैत, २०७७

|
706

काठमाडौं । नेपालका एक मात्र अर्वपति विनोद चौधरीको स्थान विश्वमा यो पटक खस्किएको छ । 

फोर्ब्सले सार्वजनिक सूची अनुसार चौधरी गतवर्ष १५१३ स्थानमा रहेकोमा यो वर्ष २१४१ औं स्थानमा रहेका छन् । 

दुई वर्ष लगातार उनको वार्षिक सम्पत्ति १.४ अर्ब अमेरिकी डलर रहेको छ । सन् २०१९ मा उनको सम्पत्ति बढेर १.७ अर्ब डलर पुगेको थियो । सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको थियो । तर दुई वर्षयता उनको अर्बपति सूचीको स्थान खस्किँदो रहेको फोब्र्सको प्रक्षेपण छ । 

विश्वव्यापी महामारी (कोभिड-१९) का कारण उनका विभिन्न कारखाना र उद्योगमा उत्पादनको मात्रा र बजारको क्षेत्र साँघुरिएपछि उनको सम्पत्तिमा उल्लेख्य वृद्धि हुन नसकेको देखिएको छ । 

फोर्ब्सको सूचीमा प्रवेश हुँदला उनको सम्पतति एक अर्ब अमेरिकी डलर थियो । सन् २०१५ सम्ममा उनले आफ्नो सम्पत्ति १.३ अर्ब पुर्‍याइसकेका थिए ।

तर भुकम्प र नाकाबन्दीले सन् २०१६ मा उनको सम्पत्ति घटेर १.१ अर्ब डलरमा पुग्यो। तर, त्यसपछिका वर्षहरूमा उनले सम्पत्ति र आयस्रोतमा वद्धि गराउँदै लगे । 

६५ वर्षे चौधरी सिजी कर्प ग्लोबलका सञ्‍चालक हुन् । नेपालमा उनको नबिल बैंक र सिजी फुडमा ठूलो लगानी छ । चौधरीले सन् २०१३ मा पहिलोपटक फोर्ब्सको विश्वका अर्बपतिहरूको सूचीमा प्रवेश गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.