add

सेयर बजार २५ अंकले बढ्यो, ८ अर्बको कारोबार






ActPro Nepal

|

२२ चैत, २०७७

|
835

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आइतबार नेप्से परिसूचक २५.७१ अंकले बढेर २६५७.६१ अंकमा पुगेसंगै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो । यसअघी अलटाइम हाई रेकर्ड २६४० थियो ।

आज राम्रा र बलिया कम्पनीका मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आइतबार इन्डेक्स ४.३३ अंकले बढेर ४७०.७५ अंकमा पुगेको छ । इन्डेक्स पनि अहिलेसम्मकै सबैभन्दा उच्च अंक हो ।

आइतबार ट्रेडिङ, इन्भेष्टमेन्ट, सामुहिक लगानी कोष, होटल एण्ड टुरिजम र उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक ४.३९ प्रतिशत घट्यो । त्यस्तै, इन्भेष्टमेन्टको २.३५ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक बढ्यो । निर्जीवनको सूचक ३.९७ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको ३.४१ प्रतिशत, फाइनान्सको ३.६६ प्रतिशत बढ्यो ।

आइतबार कारोबार रकममा पनि सुधार भएको छ । आज २१२ कम्पनीको १ करोड ७३ लाख ७ हजार ३ सय २८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

आज ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । आइतबार सबैभन्दा धेरै ओमी लघुवित्तका शेयर धनीले कमाए । लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो । त्यस्तै, जेनेरल इन्स्योरेन्सको पनि ९.९९ प्रतिशत नै बढ्यो ।

सबैभन्दा धेरै साल्ट ट्रेडिङका शेयर धनीले गुमाए । कम्पनीको शेयर मूल्य ४.६३ प्रतिशत घट्यो । त्यस्तै, सर्पोट लघुवित्तको ४.१३ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार नेपाल इन्फास्ट्रक्चर बैंकले गर्यो । बैंकले ४६ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.