add

बागमती सरकारले तीन प्रतिशत ब्याजदरमा १० लाखसम्म ऋण दिने, कसरी हुने सहभागि ?






ActPro Nepal

|

२२ चैत, २०७७

|
1395

काठमाडौं ।  उत्पादन तथा रोजगारी सिर्जनाका लागि बागमती प्रदेश सरकारले  सहुलियतपूर्ण ब्याजदरमा ऋण लगानी गर्ने भएको छ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सहुलियतपूर्ण ब्याजदरमा अधिकतम १० लाख रुपैयाँसम्म ऋण लगानी गर्ने लागेको जनाएको हो ।  

यस्तो ऋण बढीमा ५ वर्षका लागि हुने जनाइएको छ। यो ऋण लगानी कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटबाट ३ अर्ब रकम छुट्याएको छ।  

यस्तो ऋणको वार्षिक ब्याजदर ३ प्रतिशतभन्दा बढी नहुने प्रदेश सरकारले जनाएको छ। 

कृषि व्यवसाय, उद्योगव्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापारव्यवसाय, वन तथा वातावरण, महिला तथा दलित समुदायको र फोहरमैला व्यवस्थापनजस्ता क्षेत्रमा प्रदेश सरकारले ऋण लगानी गर्नेछ । 

इच्छुकले बागमती प्रदेशभित्रका कृषि विकास बैंक र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयहरु आवेदन दिनुपर्नेछ।  

आर्थिक मामिला तथा योजना मन्त्रालयले बागमती प्रदेश भित्रका सम्पूर्ण नागरिक, कृषक तथा नव प्रवर्तक एव लघु यद्योगी व्यवसायीहरुलाई सहुलियतपूर्ण ऋण लगानी कार्यक्रममा सहभागि हुन समेत अनुरोध गरेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.