add

अरुण भ्यालीले वैशाख ६ गतेबाट हकप्रद निष्कासन गर्दै, प्रतिशेयरमूल्य कति ?






ActPro Nepal

|

२२ चैत, २०७७

|
920

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले वैशाख ६ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ ।

कम्पनीले १:०५ को अनुपातमा ५० प्रतिशतले हुन आउने ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले मेरो शेयर अनलाइन तथा सम्पूर्ण सीआश्वा बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सक्ने छन् ।

कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि चैत्र ९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र ८ गते गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन्।  नेपाल धितोपत्र बोर्डले आज फागुन २५ मा कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेपनि विद्युत नियम आयोगले कम्पनीलाई २ चरणमा हकप्रद निष्काशन गर्ने अनुमति प्रदान गरेको थियो ।  हालको ५० प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीले  फेरी दोस्रो चरणको हकप्रद निष्काशन गर्ने छ । 

कम्पनीले आफुले निर्माण गर्न लागेको २ वटा आयोजनाको लागि रकम जुटाउन हकप्रद निष्काशन गर्न लागेको हो ।  हकप्रद शेयर मार्फत उपलब्ध भएको रकमलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गर्ने जनाएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.