add

नेपाल टेलिकमलाई ‘फाइभ-जी’ परीक्षणको अनुमित दिने सरकारको निर्णय






ActPro Nepal

|

१९ चैत, २०७७

|
1417

काठमाडौं । नेपाल टेलिकमले फाइभजी परीक्षणका लागि स्वीकृती पाएको छ । 

रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठकले टेलिकमलाई एक वर्षसम्म आवश्यक फ्रिक्वेन्सी निःशुल्क दिने निर्णय गरेको हो । उक्त समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ अध्यक्ष रहने व्यवस्था छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले नेपालमा फाइभजी परिक्षण आवश्यक परेकाले नेपाल टेलिकमलाई एक वर्षसम्म देशैभरी परीक्षणका लागि स्वीकृति दिएको  बताएका छन ।

‘यसको निर्णय त फागुन ९ गते नै भएको थियो । तर, हामीले टेलिकमलाई पत्र पठाएको भने छैन् यसको लागि काम भईरहेको छ प्रवक्ता पौडेलले एक्ट प्रो नेपालसँग भने ।’

नेपाल टेलिकमको प्रवक्ता राजेश जोशीका अनुसार लिखित पत्र नआएपनि फाइभजी परिक्षणका लागि टेलिकमले स्वीकृति पाएको बताए ।

‘हामीले लिखित पत्र पाएका छैनौं, तर, फाइभजी परिक्षणका लागि टेलिकमले स्वीकृति पायो भन्ने सूचना भने पाएका छौं ।’ प्रवक्ता जोशीले एक्ट प्रो नेपालसँग भने ।

‘फाइभ-जी’ परिक्षण टेलिकमले स्वीकृति पाएपनि कुन–कुन फ्रिक्वेन्सीमा ‘फाइभ(जी’ चलाउने भन्ने निर्धारण भएको छैन् ।

हाल उपलब्ध रहेका रेडियो फ्रिक्वेन्सीहरु ३४ सय, ३६ सय, ७ सय, ८ सय, ९ सय, १८ सय, २३ सय, २६ सय र ३३ सय, ३३ सय, ४७ सय र २६ गिगाहर्ज ब्यान्ड मेगाहर्ज फ्रिक्वेन्सी फाइभजी प्रयोग गर्न सकिने सिफारिस गरेको प्राधिकरणले बताएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.