add

जग्दम्बा सिमेन्टद्वारा निर्माणविज्ञहरुसँग विशेष भेटघाट






ActPro Nepal

|

१८ चैत, २०७७

|
544

काठमाडौं । निर्माण एक्स्पर्टहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने कुरालाई मनन गर्दै जग्दम्बा सिमेन्टले चरिकोटमा ४५ भन्दा धरै निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुख लगायतसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

“तपाईको सुरक्षामा साथ छ जगदम्बा सिमेन्टको”भन्ने मूल नारालाई आत्मसात गर्दै संरचनाहरु भुकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामाग्रीका प्रयोगका साथै दक्ष जनशक्तिहरुबाट निर्माण सम्पन्न गर्नुपर्ने कुरा कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले प्रष्ट पारे ।

विज्ञसँगको परामर्श, कुशल जनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कुरा कम्पनीका उपमहाप्रबन्धक यवम् इन्जिनियर सुनिल पौडेलले बताए ।

भूकम्प प्रतिरोधात्मक निर्माण विधि हाम्रो जस्तो देशको संरचनामा निर्माणमा अपरिहार्य रहेको छ भन्ने कुरा प्रष्ट पार्दै यस्ता जन चेतनामूलक नेपालका अन्य सहरहरुमा गर्दै जाने प्रतिवद्धता कम्पनीका क्षेत्रीय बिक्री प्रवन्धक मधुर रिजालले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.