add

सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब ४१ करोडको कारोबार






ActPro Nepal

|

१६ चैत, २०७७

|
1078

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज एक्सचेन्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । साताको दोस्रोदिन नेप्से ५.५४ अंकले घटेर २५४३.५२ विन्दुमा आइपुगेको छ ।

यसदिन २०९ कम्पनीको ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँको कारोबार भएको छ । ९१ लाख ३८ हजार ९ सय ३५ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी १० समूहको परिसूचक ओरालो लागेका छन् ।

लघुवित्त समूह सबैभन्दा धेरै ४४.५ अंकले बढेको छ भने व्यापार समूह २१२.८३ अंकले घटेको छ । कारोबारमा आएका २०९ कम्पनीमध्ये ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्यमा गिरावट आएको छ ।

१८ कम्पनीको मूल्य स्थिर रहेको छ । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ४४ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा माथिल्लो तामाकोशी ३८ करोड र चन्द्रागिरी हिल्स ३७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

बजार घटेपनि चार कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसअघि लगातार पोजेटिभ सर्किट लाग्दै आएको चन्द्रागिरी हिल्सका शेयरधनीले आज सबैभन्दा धेरै ७.१७ प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.